Skin_Hospital_Dhn

काभ्रेमा बस दुर्घटना, एक जनाको मृत्यु

काभ्रे: काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका-३ कुण्डोलमा बस दुर्घटना हुँदा एक जनाको घटनास्थलमानै मृत्यु भएको छ ।

जन्ती तेमाल पुर्‍याएर धादिङ फर्कने क्रममा ना४ख ८८१७ नम्बरको बस सडकबाट २०० मिटर तल खस्दा तेमाल-१ का ५० वर्षीय रामसिंह तामाङको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा बसका चालक मकवानपुरको बागमती गाउँपालिकाका ५० वर्षीय कृष्ण ब्लोन गम्भीर घाइते भएका छन् ।

उनलाई उपचारका लागि धुलिखेल अस्पताल पठाइएको प्रहरी चौकी पचुवारघाटका प्रहरी हवल्दार शम्भु बोहोराले जानकारी दिए । प्रहरीले घटनाको विस्तृत अनुसन्धान गरिरहेको जनाएको छ ।

सम्बन्धित
Loading...