
धनगढी: कञ्चनपुरको पुनर्वास नगरपालिका–११ डोके बजारबाट चरेस र खैरो हेरोइनसहित एक युवक पक्राउ परेका छन्।

बुधवार २ ग्राम ५३० मिलिग्राम लागूऔषध चरेसजस्तो देखिने कालो पदार्थ र ७१० मिलिग्राम लागूऔषध खैरो हेरोइनसहित बेदकोट नगरपालिका–१ का ३२ वर्षीय केशवबहादुर विष्ट पक्राउ परेका हुन्।

उनलाई प्रहरी चौकी परासन कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहो प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ।
