
धनगढीः कैलालीको धनगढीस्थित चैतन्य पाठशालाको प्राचार्यमा प्रेमनिधी ओझा नियुक्त भएका छन्।

३७ वर्षदेखि शिक्षा क्षेत्रमा विशिष्ट पहिचान बनाउन सफल ओझा आजदेखि चैतन्य पाठशालाको प्राचार्यको रुपमा नियुक्त भएका हुन्। विद्यालयको बिहानी शत्रको कार्यक्रममा औपचारिक कार्यक्रमको आयोजना गर्दै वैदिक विधि विधानसहित उनलाई प्राचार्यको जिम्मेवारी दिइएको हो। नवनियुक्त प्राचार्यलाई पाठशालाले एक कार्यक्रमका बीच स्वागत गरेको छ ।

नवनियुक्त प्राचार्य ओझाले पाठशालाको प्राचार्यको जिम्मेवारी पाएको सुखद क्षणलाई आत्मसाथ गर्दै अहिले चैतन्य पाठशालाको शिक्षा प्रणाली उत्कृष्ट रहेको र आगामी दिनमा शैक्षिक गुणस्तरलाई अझ सशक्त बनाउने आफ्नो प्रयास रहने बताए।
विगत चार दशकदेखि शिक्षण र शैक्षिक संस्थाहरुको नेतृत्व गरिसकेका ओझाले विगत लामो समय धनगढीको ऐश्वर्या स्कुलको प्राचार्यको रुपमा रहेका थिए।
नवनियुक्त प्राचार्य ओझालाई शुभकामना दिँदै पाठशालाका अध्यक्ष गणेशप्रसाद जोशीले चैतन्य पाठशाला कितावी ज्ञानभन्दा जीवन निर्माणको शिक्षामा जोड दिँदै आएको र चैतन्यले जिवन उपयोगी सीप प्रदान गर्नेसमेत बताए। उनले चैतन्यको लक्ष्य प्राप्तिमा अबको दिन अझ उत्कृष्ट र सहज हुने आफ्नो आशा रहेको बताए।
