Skin_Hospital_Dhn

धनगढीमा आज देखि विश्व नेपाली नारी साहित्य महोत्सव सुरु हुँदै

धनगढी ।
आज (शुक्रबार)देखि विश्व नेपाली नारी साहित्य महोत्सव सुरु हुँदै छ । यसअघि दुई पटक धनगढीमा आयोजना भइसकेको विश्व नेपाली नारी साहित्य महोत्सव चैत १० देखी १३ गतेसम्म महोत्सव धनगढीमा आयोजना हुने भएको हो ।

महोत्सवको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने कार्यक्रम रहेको थियो । तर, प्रधानमन्त्री काम बिशेषले आउन नसक्ने हुदाँ सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहबाट महोत्सवको उद्घाटन गर्ने सुदूरपश्चिम साहित्य समाजका अध्यक्ष तीर्थराज पाण्डेयले बताए ।

विश्व नेपाली नारी साहित्य सम्मेलनमा भारतका विभिन्न राज्य, अमेरिका, भुटान, म्यानमारलगायतका देशबाट गरी दुई सय बढी नारी साहित्य स्रष्टाहरूको सहभागिता रहने जनाइएको छ ।

महोत्सवमा विलक्षण साहित्यिक प्रतिभा झमक घिमिरेलाई सम्मान गरिने कार्यक्रम तय भएको छ । साहित्यकार झमकलाई एक लाख ११ हजार रुपैयाँ राशिको बद्री–कृष्णा वाङ्मय पुरस्कार प्रदान गरिने छ ।

सम्बन्धित
Loading...