Skin_Hospital_Dhn

बाजुरामा बिहे भोजमा गएका दुई समूहबीच झडप, एकजनाको मृत्यु

बाजुरा: बाजुराको बुढीगंगा नगरपालिका–८ मोटाबाडामा बिहेको निम्तोमा गएका दुई समूहबीच दोहोरो झडपबाट घाइते एकजनाको उपचारको क्रममा मृत्यु भएको छ।

मृत्यु हुनेमा बुढीगंगा नगरपालिका–८ डुग्रीतोलाका अन्दाजी २९ वर्षीय रणबहादुर थापा रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी जनक बोहराले जानकारी दिए। उनका अनुसार हिजो राति बिहेको निम्तो खान गएका दुई समूहबीच दोहोरो झडप भएको थियो। झडपमा थापा घाइते भएका थिए।

थापाको उपचारको क्रममा अछामको बयालपाटा अस्पतालमा मृत्यु भएको सूचना अधिकारी बोहोराले बताए। घटनामा संलग्न रहेको आरोपमा तीन जनालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा ल्याएको र घटनाबारे सोधपुछ तथा अनुसन्धान भइरहेको उनले बताए ।

पक्राउ पर्नेमा बुढीगंगा नगरपालिका–७ का वाइलका दीर्घ विष्ट, खेम विष्ट र लोकेन्द्र खड्कालाई पक्राउ गरी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ। मृतक थापालाई बयालपाटा अस्पतालबाट पोष्टमार्टमको लागि जिल्ला अस्पताल ल्याउने तयारी भइरहेको बताइन्छ।

सम्बन्धित
Loading...