Skin_Hospital_Dhn

नेता महर भन्छन्– सामाजिक सञ्जाल विधेयक हुबहु पारित हुँदैन

काठमाडौं: नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले सामाजिक सञ्जाल विधेयक हुबहु पारित हुन नहुने बताएका छन्।

कांग्रेसको सूचना संचार प्रचार विभागको कोशी प्रदेश स्तरीय कार्यक्रमलाई विराटनगरमा सम्बोधन गर्दै नेता महरले सामाजिक सञ्जाललाई नियन्त्रणमुखी बनाउने कुरामा कांग्रेसको समर्थन नहुने बताए।

‘सामाजिक सञ्जाल नियमन विधेयक हुबहु पारित हुँदैन,’ उनले भने, ‘सामाजिक सञ्जाल नियमन मात्र हुनुपर्छ, नियन्त्रण स्वीकार्य छैन। लोकतन्त्रमा अभिव्यक्ति स्वतन्त्रतामा लगाम लगाउनु हुँदैन।’

फरक प्रसंगमा उनले प्रजातन्त्रको उच्चतम विशेषता आवधिक निर्वाचन भएकाले पार्टीले निर्धारित समयमै १५औं महाधिवेशन गर्नुपर्ने बताए। विधानअनुसार तोकिएकै समयमा १५औं महाधिवेशन सम्पन्न गर्ने नैतिक दायित्व पार्टीसामू रहेको उनको भनाइ थियो। समयमै महाधिवेशन सम्पन्न गर्न पार्टीका जिम्मेवार पदाधिकारीहरूले आ–आफ्नो भूमिका कुसलतापूर्वक निर्वाह गर्नुपर्ने पनि उनले बताए।

सम्बन्धित
Loading...