
बाजुराः बाजुराबाट एकजना प्रतिवादी पक्राउ परेका छन्।

जिल्ला अदालत बाजुराको मिति २०८१ जेठ २७ गतेको फैसलाले चोरी मुद्दामा ९ महिना कैद सजाय र ७ हजार ५ सय जरिवाना तोकिएको बाजुराको बुढिगंगा नगरपालिका–६ बेलकाटीया बस्ने २५ वर्षीय गोपाल विक पक्राउ परेका हुन्।

विकलाई जिल्ला प्रहरी कार्यालय बाजुराबाट खटिएको प्रहरी टोलीले शुक्रवार बडिमालिका नगरपालिका–८ मार्तडी बजारबाट पक्राउ गरेको छ।
