Skin_Hospital_Dhn

निर्धारित समय अगावै ‘ग्रे लिष्ट’बाट बाहिर निस्कन्छौँ : अर्थमन्त्री पौडेल

काठमाडौं: अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल निर्धारित समय अगावै ‘ग्रे लिष्ट’बाट बाहिर निस्कने प्रतिक्रिया दिएका छन्।

फाइनान्सियल एक्सन टाक्स फोर्स (एफएटीएफ) ले नेपाललाई ग्रे लिष्टमा राखेपछि संक्षिप्त प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन्।

‘विगतमा निर्धारित समयमा निर्धारित काम सम्पन्न गर्न नसक्दा यो परिस्थिति निर्माण भएको हो’, अर्थमन्त्री पौडेलले भने, ‘पेरिस बैठकबाट नेपालको ‘एक्सन प्लान’ स्वीकृत भएको छ। ‘एक्सन प्लान’ अनुसार प्रभावकारी रुपमा काम गरेर हामी निर्धारित समय अगावै ‘ग्रे लिष्ट’बाट बाहिर निस्कन्छौँ।’

सम्बन्धित
Loading...