Skin_Hospital_Dhn

कैलालीको कान्द्र नदीमा मृत भेटिए दिपु

धनगढीः कैलालीको कान्द्रा नदीमा एक युवक मृत फेला परेका छन्।

जिल्लाको घोडाघोडी नगरपालिका–९ शिखरझालास्थित कान्द्रा नदीमा टीकापुर टोलका २८ वर्षीय दिपु बुढा मृत फेला परेका हुन्।

परिवारले २ दिनपछि नदीमा मृत फेला परेको भन्दै प्रहरीमा जानकारी गराएका थिए। प्रहरीले नदीमा डुबेको अवस्थामा बुढाको शव निकालेको हो। प्रहरीका अनुसार उनी मृगी रोगबाट पीडित रहेका थिए।

सम्बन्धित
Loading...