
धनगढीः कैलालीका विभिन्न स्थानबाट लागूऔषधसहिहत चार युवक पक्राउ परेका छन्।

धनगढी उपमहानगरपालिका–१ पुष्पलाल चोक नजिकबाट सोही ठाउँ बस्ने २१ वर्षीय अर्जुन कडायत र २८ वर्षीय सन्तोष घिमिरेलाई १८० मिलिग्राम लागूऔषध खैरो हेरोइनजस्तो देखिने धुलो पदार्थसहित जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले शनिवार नियन्त्रणमा लिएको जनाएको छ।

यस्तै कैलालीको टीकापुर नगरपालिका–७ बनगाउँस्थित सडक खण्डमा लागूऔषध खरिद तथा बिक्रीवितरण भइरहेको भन्ने विशेष सुचनाको आधारमा टीकापुर–९ बस्ने २५ वर्षीय अजय चौधरीसहित दुई जनालाई २ ग्राम ८९० मिलिग्राम लागूऔषध खैरो हेरोइनजस्तो देखिने धुलो पदार्थसहित इलाका प्रहरी कार्यालय टीकापुर कैलालीबाट खटिएको प्रहरी टोलीले शनिवार नियन्त्रणमा लिएको बताइन्छ।
