
कञ्चनपुर: कारको ठक्करबाट कञ्चनपुरमा दुई जना घाइते भएका छन्।

पूर्व–पश्चिम राजमार्गस्थित सुकासाल चोक नजिकै पूर्वबाट पश्चिम जाँदै गरेको भारतीय नम्बरको युके ०४ए एफ ५९४३ नम्बरको अल्टोकारले शनिबार राति अटो रिक्सा र साइकल यात्रुलाई ठक्कर दिएको हो।

दुर्घटनामा अटो चालक भीमदत्त नगरपालिका १० पशुपति टोलका ३५ वर्षीय केशव सुनार र साइकलयात्रु भीमदत्त नगरपालिका ५ बैजनाथ टोलकी १५ वर्षीया प्रतिज्ञा लुहार घाइते भएका छन्। कार चालक भीमदत्त नगरपालिका–११ का ५० वर्षीय कमल गुरुङ घाइते भएका छन्।
घाइते लुहार र सुनारलाई थप उपचारका लागि धनगढी रेफर गरिएको प्रहरीले जनाएको छ।
