
चितवन: त्रिशूली नदीमा फेला परेको शव मोटरसाइकल दुर्घटना हराइरहेका चितवनका रोहित रानाको रहेको पुष्टि भएको छ।

आज बिहान सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट सशस्त्र प्रहरी निरीक्षक भुल बहादुर थापाको कमाण्डमा परिचालित गोताखोरसहितको सुरक्षा फौजले फेला पारी शव नदीबाट बाहिर निकालेको हो।

उक्त शव चितवनको इच्छाकामना गाउँपालिका– ५ स्थित ३ नम्बर पुलबाट मोटरसाइकल दुर्घटना भई त्रिशूली नदीमा हराइरहेका रानाको भएको सशस्त्र प्रहरीले जनाएको छ।
नारायणघाटबाट मुग्लिनतर्फ आउँदै गरेको बा ०६–०२ प ९२०४ नम्बरको मोटरसाइकल फागुन २ गते दुर्घटना भएको थियो। भारतीय सेनामा कार्यरत राना चितवनस्थित घरबाट काठमाडौंका लागि हिँडेको अवस्थामा दुर्घटनामा परेका थिए।
