Skin_Hospital_Dhn

एमसिसी स्थगन भएपछि विप्लवले दिए ट्रम्पलाई धन्यवाद

काठमाडौं: अमेरिकी सहयोगसम्बन्धी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) स्थगन भएकोप्रति विरोधीहरू खुसी देखिएका छन्। अन्य अनुदानसहित एमसिसी पनि स्थगन गरेपछि नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई धन्यवाद दिएका छन्।

‘ट्रम्पको कार्यकारी आदेशबाट स्थगन हुन पुगेको एमसीसीले नेपाली जनताको संघर्ष र आवाजमा सकारात्मक प्रभाव पारेको छ। यसका लागि हाम्रो जनप्रिय पार्टी नेपाल कम्युनिस्ट पार्टी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दछ’ आइतबार विज्ञप्तिमार्फत विप्लवले भनेका छन्।

विप्लवले एमसीसी परियोजना सधैंका लागि खारेज गर्न आग्रहसमेत गरेका छन्। विज्ञप्तिमा भनिएको छ, ‘एमसीसी कम्प्याक्टलाई सधैंको लागि खारेज गरी नेपाल र अमेरिका बीचको कूटनीतिक सम्बन्धलाई प्रगाढ बनाउन र नेपालको विकासमा निःस्वार्थ योगदन गर्न नयाँ विकास परियोजना मार्फत सहयोग अगाडि बढाउन आग्रह गर्दछौं।’ विप्लव नेकपाले सुरुदेखि नै एमसीसीको विरोध गर्दै आएको थियो।

विज्ञप्ति हेर्नुहाेस्:–

सम्बन्धित
Loading...