
काठमाडौँ: नेपालमा लिपमोटर, सिट्रोन र प्युजोका आधिकारिक वितरक साङ्ग्रिला मोटर्स प्रालिले नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेललाई लिपमोटर र सिट्रोनका आधिकारिक ब्रान्ड एम्बेसडरको रूपमा अनुबन्ध गरेको छ।

यो साझेदारी ३ वर्षको अवधिको लागि भएको र यसले लिपमोटर र सिट्रोनको लागि नेपालका अटोमोटिभ बजारमा नयाँ अध्यायको सुरुवात गर्न लागेको कम्पनीले उल्लेख गरेको छ। गोल्छा अर्गनाइजेसनको सदस्यको रुपमा साङ्ग्रिला मोटर्स् प्रा.लि.ले नवप्रवर्तनशील र दिगो सवारीमा सबैको पहुँच पुर्याउने लक्ष्य लिएको जनाएको छ।

रोहित पौडेलसँगको यो सहकार्यले नेतृत्व, उत्कृष्टता र प्रतिबद्धताको साझा अवधारणालाई प्रतिविम्बित गर्ने कम्पनीको भनाइ छ।
‘जसरी पौडेलले आफ्नो टोलीलाई मैदानमा कुशल नेतृत्व दिन्छन् त्यसरी नै लीपमोटर र सिट्रोनले नेपालका अटोमोटिव बजारमा उन्नत प्रविधि र विश्वस्तरीय प्रदर्शनका साथ अग्रणी बन्ने लक्ष्य लिएको छ’, कम्पनीले भनेको छ।
यस साझेदारीले साङ्ग्रिला मोटर्सको दिगो, प्रगति र सफलता मूल्याङ्कन गर्ने नेपाली ग्राहकहरूलाई प्रेरित गर्नेछ र कम्पनीको प्रतिबद्धतालाई थप सुदृढ बनाउने कम्पनीको भनाइ छ।
