Skin_Hospital_Dhn

अब पार्टीभित्र अन्याय हुन दिन्न, कार्यकर्ता संरक्षण गर्छु : शेखर

काठमाडौं: नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले कांग्रेसका नेता तथा कार्यकर्तालाई अब अन्याय हुन नदिने प्रतिबद्धता जनाएका छन्।

कांग्रेसको राप्ति स‍ोनारी गाउँपालिका सम्मेलनलाई आइतबार उद्घाटन गर्दै डा.कोइरालाले कांग्रेस कार्यकर्तालाई संरक्षण गर्ने जिम्मेवारी आफूले लिने बताएका हुन्।

नेता डा.कोइरालाले थपे–’ढुक्क भएर संगठन गर्नुस्, समयमै सदस्यता नवीकरण गराउनुस्।’ सबै तहका कांग्रेस कार्यकर्ताहरू पार्टीको विधान अनुसार अघि बढ्न निर्देशन समेत दिए।

व्यक्ति बलियो होइन संस्था बलियो बनाउनु पर्ने धारणा राख्दै देश दौडाहमा रहेका नेता डा. कोइरालाले आगामी महाधिवेशन निर्धारित समयमै हुनुपर्नेसमेत बताएका छन्। निरन्तर जिल्ला भ्रमणमा रहेका कांग्रेस नेता डा. कोइराला शनिबार नेपालगन्जमा आई पुगेका हुन्।

सम्बन्धित
Loading...