
कञ्चनपुरः कञ्चनपुरमा लागूऔषधसहित चार युवक पक्राउ परेका छन्।
जिल्लाको बेलौरी नगरपालिका–४ बेलौरी बजारमा म १ प ६०३० नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा मोटरसाइकल चालक बेलौरी नगरपालिका–७ गणेशपुर बस्ने २४ वर्षीय खुशिराम राना र मोटरसाइकल पछाडी सवार २२ वर्षीय देवराज राना पक्राउ परेका हुन्।


दुवैजनालाई १ दशमलव ४३ ग्राम खैरो हेरोइन र मोटरसाइकलसहित दुवै जनालाई इलाका प्रहरी कार्यालय बेलौरी र लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय धनगढीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले आइतवार नियन्त्रणमा लिएको छ।
यसैगरी कृष्णपुर नगरपालिका–५ गजरौलाबाट कृष्णपुर नगरपालिका–४ बस्ने २३ वर्षीय दिपेन्द्र बोगटी र २५ वर्षीय डेनी जोशी पक्राउ परेका छन्।
यी दुबैलाई ९० मिलिग्राम खैरो हेरोइनसहित इलाका प्रहरी कार्यालय गुलरीया, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ।
