Skin_Hospital_Dhn

बझाङमा शिक्षकको शव फेला

बझाङ: बझाङमा एक शिक्षकको शव फेला परेको छ।

बित्थडचिर गाँउपालिकाको (स्याडी प्रहरी चौकी र बित्थडको बीच) भिरमा शव फेला परेको हो। बित्थडचिर गाउँपालिका–३ तल्ला गाउँ घर भई महादेव माविका शिक्षक हर्कबहादुर बोहराको शव फेला परेको जनाइएको छ।

उनको शव जयपृथ्वी राजमार्गदेखि तल खोलापट्टी भिरमा अड्केको अवस्थामा आज बिहान फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थलमा गएको छ।

सम्बन्धित
Loading...