
बैतडी: बैतडीमा बाघको आक्रमणबाट एक जना घाइते भएका छन्।
मेलौली नगरपालिका–३ का ३८ वर्षीय गणेशसिंह भाट बाघको आक्रमणबाट घाइते भएका छन्। सोमबार बिहान करिब १०ः३० बजे बाख्रा चराउन गएका बेला कोला खोला जंगल क्षेत्रमा उनीमाथि बाघले आक्रमण गरेको हो।


मेलौली नगरपालिका-३ का वडाध्यक्ष गगनसिंह भाटका अनुसार बाघले पछाडिबाट आक्रमण गर्दा गणेशसिंह भाट घाइते भएका थिए।
आक्रमणको क्रममा भाटले आफूसँग रहेको हसियाँ प्रयोग गरी बाघलाई हानेर भाग्न सफल भएका थिए।
घाइते भाटलाई तत्काल प्राथमिक उपचारपछि थप उपचारका लागि पाटन पठाइएको अध्यक्ष भाटले जानकारी दिए। बाघको आक्रमणपछि स्थानीयवासीमा त्रासको वातावरण सिर्जना भएको छ।
