Skin_Hospital_Dhn

डडेल्धुरा महोत्सव सुरु

डडेल्धुरा: सुदूरपश्चिम प्रदेशस्तरीय कृषि, पर्यटन कला संस्कृति तथा औद्योगिक व्यापार मेला एवं डडेल्धुरा महोत्सव–२०८१ सुरु भएको छ।

राष्ट्रिय संगीतकर्मी संघ डडेल्धुराको आयोजनामा अमरगढी नगरपालिका–४ टुँडिखेलमा सोमबारदेखि महोत्सव सुरु भएको हो। महोत्सवको सोमबार सुदूरपश्चिम प्रदेश सरकारका पूर्व सामाजिक विकासमन्त्री गोविन्दराज बोहराले उद्घाटन गरे।

उनले सुदूरपश्चिमको कला संस्कृतिलाई बचाउनका लागि मेला महोत्सव आयोजना हुन आवश्यक रहेको बताए। सुदूरपश्चिमका गीतसंगीतको देशभर प्रचारप्रसार गर्नुपर्ने पूर्वमन्त्री बोहराको भनाइ थियो। उनले महोत्सवलाई सहयोग गर्न सबैलाई आग्रहसमेत गरे।

यहाँका कला संस्कृतिको जर्गेना गर्न उद्देश्य महोत्सव आयोजना गरिएको संघका अध्यक्ष गणेश केसीले बताए। उनका अनुसार मंगलबारदेखि महोत्सवमा व्यापारिक स्टलका साथै राष्ट्रिय स्तरका कलाकारहरूको विशेष सांगीतिक प्रस्तुति रहनेछ।

महोत्सव अवलोकन गर्नका लागि सर्वसाधारणका लागि प्रवेश शुल्क एक सय र विद्यार्थीका लागि ५० रुपैयाँ तोकिएको छ। महोत्सव २२ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ।

सम्बन्धित
Loading...