
धनगढीः बझाङको बित्थडचिर गाउँपालिका–९ मा रहेको सुनकुडा माविको विद्यालय व्यवस्थापन समिति (विव्यस) को अध्यक्षमा जयबहादुर बोहरा चयन भएका छन्।

समितिको सदस्यमा हरिषचन्द्र जोशी (वडा प्रतिनिधि), प्रसादबहादुर विष्ट, ताराप्रसाद अवस्थी, सरस्वती स्याडा र कुसादेवी विक रहेका छन्। अध्यक्ष बोहराले विद्यालयको शैक्षिक गुणस्तरवृद्धि तथा भौतिक पूर्वाधार सुधारका लागि आफूले थप पहल गर्ने बताए।

विद्यालयको शिक्षक अभिभावक संघ अध्यक्षमा धर्म मल्ल चयन भएका छन्।
