
काठमाडौं: बीमा कम्पनीहरूको नियामक निकाय बीमा प्राधिकरणको अध्यक्षमा पत्रकार शरद ओझा नियुक्त भएका छन्।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ओझालाई अध्यक्ष नियुक्त गरेको हो। स्नातकोत्तर अध्ययन गरेका ओझा पछिल्लो समय अध्यापन पेसामा संलग्न रहँदै आएका थिए।


अध्यक्षका लागि गठित सिफारिस समितिले ओझासहित पूर्वसचिव रामशरण पुडासैनी र स्वास्थ्य बीमा बोर्डका पूर्वअध्यक्ष दामोदर बसौलाको नाम पठाएको थियो।
यसअघिका अध्यक्ष सूर्यप्रसाद सिलवालविरुद्ध २४ मंसिरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेसँगै उनी स्वतः निलम्बनमा परेका थिए। उनी निलम्बन भएपछि प्राधिकरण अध्यक्ष पद रिक्त थियो।
कञ्चनपुरका ३३ वर्षीय ओझा व्यावसायिक कानुन, वित्त नीति, मौद्रिक नीति, राजस्व प्रशासन, अर्थतन्त्र विश्लेषणका रूपमा समेत रहेका छन्।
