Skin_Hospital_Dhn

भ्यानको ठक्करबाट कैलालीमा बालकको मृत्यु

धनगढीः भ्यानको ठक्करबाट कैलालीमा एक बालकको मृत्युु भएको छ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत लम्कीचुहा नगरपालिका–१ को लालरत्न अस्पताल अगाडि सोमवार सुदूरपश्चिम प्रदेश ०१००१ च ३७४७ नम्बरको भ्यानको ठक्करबाट सोही ठाउँ बस्ने ६ वर्षीय बालक जेनिस विष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्रसिंह बोहराका अनुसार लम्कीचुहा नगरपालिका–५ की उर्मिला विष्टका छोरा जेनिसको भ्यानको ठक्करबाट मृत्युु भएको हो।

सम्बन्धित
Loading...