Skin_Hospital_Dhn

फ्रान्सको नेदरल्यान्ड्स माथि सहज जित

काठमाडौँ ।
फ्रान्सले नेदरल्यान्ड्सलाई ४—० ले पराजित गरेको छ। युरो छनोटमा सानदार प्रदर्शन गर्ने क्रममा साविक विश्व उपविजेता फ्रान्सले विश्वकपको फाइनल हार पछि पहिलो जित हासिल गरेको हो ।

घरेलु मैदान पार्क डेस प्रिन्सेसमा हिजो (शुक्रबार) राति भएको एकपक्षीय खेलमा घरेलु टोली फ्रान्सले खेलको दोस्रो मिनेटमा नै एन्टोनी ग्रिजमनको गोलबाट अग्रता लिएको थियो । उनले कप्तान एमबाप्पेको पासमा गोल गर्न सफल भएका थिए ।

लगतै आठौं मिनेटमा डेअट उपमेकानोले गोल गर्दै फ्रान्सको अग्रता दोब्बर पारे । २१औं मिनेटमा कप्तान एमबाप्पेले गोल गर्दै फ्रान्सलाई पिहलो हाफमै फराकिलो अग्रता तर्फ अग्रसर गराएका थिए ।

पहिलो हाफमा ३ गोलको अग्रता बनाएको फ्रान्सले ८८औं मिनेटमा चौंथो गोल गरेको थियो । इन्ज्युरी समयको थप गरिएको पाँचौं मिनेटमा नेदरल्यान्ड्सले पेनाल्टीको अवसर पाएपनि मेम्फिस डिपाएले सदुपयोग गर्न असफल हुँदा सान्तवना गोलको अवसरबाट नेदरल्यान्डस बञ्चित भएको थियो।

जितसँगै समूह ‘बी’ मा फ्रान्सले ३ अंक बटुलेको छ । यही समूहको अर्को खेलमा ग्रीसले जिब्राल्टारलाई ३—० ले पराजित गर्दै विजयी सुरुवात गरेको छ।

सम्बन्धित
Loading...