Skin_Hospital_Dhn

नेपाल भर्सेस म्यानमार : पहिलो हाफ गोलरहित बराबरी

काठमाडौँ: घरेलु मैदानमा जारी फोर नेसन्स अन्तराष्ट्रिय महिला च्याम्पियनसिप अन्तर्गतको फाइनल खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ।

त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा जारी खेलको पहिलो हाफ सकिदा नेपाल र म्यानमार दुवै टोलीले गोल गर्न सकेका छैनन्। खेलमा म्यानमार र नेपाल दुवै टोलीले गोल गर्ने उत्कृष्ट अवसर सृजना गरेपनि अग्रता लिन भने सकेनन्।

पहिलो हाफको २४ औँ मिनेटमा सान थ थ को शसक्त प्रहार नेपाली डिफेन्डर विमला विकले गोललाईनबाट उत्कृष्ट बचाउ गरिन्।

खेलको ३५ औँ मिनेटमा साम्बाको हेडर गोलरक्षकले क्लीयर गरिन् त्यसकै रिवाउण्डमा रेखा पौडेल र सविता रानामगरको प्रहार म्यानमारका डिफेन्डरले क्लीयर गर्दा नेपालले अग्रता बनाउने सुन्दर मौका खेल फाल्यो। पहिलो हाफमा नेपालले गोल गर्ने उत्कृष्ट अवसर सृजना गरेपनि म्यानमारको डिफेन्सिभ लाइन तोड्न सर्घष गरिरहेको छ।

सम्बन्धित
Loading...