Skin_Hospital_Dhn

पानी तान्ने मोटरबाट करेन्ट लागेर कुर्मीको मृत्यु

बाँके: खजुरा गाउँपालिका-५ रजनवा बस्ने २८ वर्षीय श्याम सुन्दर कुर्मीको करेन्ट लागेर मंगलबार साँझ मृत्यु भएको छ।

पानी तान्ने विद्युतीय मोटरबाट करेन्ट लागेर गम्भीर घाइते भएका उनको सिटी हस्पिटल खजुरामा उपचारको क्रममा मृत्यु भएको हो।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

सम्बन्धित
Loading...