धनगढीको हसनपूरमा ग्रेडरको ठक्करबाट बालिकाको मृत्यु, स्थिति तनाब ग्रस्त

धनगढी । धनगढी ५ हसनपुरमा ग्रेडरको ठक्करबाट एक बालीकाको मृत्यु भएको छ। धनगढी उपमहानगरपालिका–५ स्थित हसनपुर पिपल चौतारा सडकखण्डमा बिहीबार बिहान १०ः २० बजेको समयमा कालिका कन्ट्रक्सनको ना १ क ९७५ नम्बरको ग्रेडरले ठक्कर दिएर कुल्चिदा १५ वर्षीया चेतना साउदको मृत्यु भएको हो।

Gaurishankar Dental

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) वेदप्रकाश जोशीले पञ्चोदय माध्यमिक विद्यालय हसनपुरमा ८ कक्षामा अध्ययनरत बालिका साउदको घटनास्थलमै मृत्यु भएको जानकारी दिए । उनले बालिका साइकलमा स्कुल जादै गर्दा सडकको लेवल मिलाउदै गरेको अवस्थामा ब्याक गर्ने क्रममा ठक्कर दिइको थियो । ग्रेडर चालक चितवन भरतपुर महानगरपालिका २८ का २७ बर्षीय विमल कुमाललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मृतक साउँद पञ्चोदय माध्यमिक बिद्यालयमा कक्षा ८ मा अध्यानरत छात्रा हुन् । अहिले उनको शव घट्नास्थममा नै रहेको जानकारी दिए । आफन्तका अनुसार ग्रेडर पछाडी ल्याएर ठक्कर दिएको बताईएको छ । भने घटनास्थलमा आफन्तद्धारा ढुङ्गामुडा भैरहेको बताइएको छ । घटना स्थलमा प्रहरी टोली खटाइएको छ ।

सम्बन्धित
Loading...