
काठमाडौं: नेपाली बजारमा आज सुनको मूल्य घटेको छ भने चाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ।

आज सुनको मूल्य तोलामा दुई सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा एक लाख ७० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि बुधबार सुन प्रतितोला १ हजार ७० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

यसैगरी चाँदीको मूल्य भने सामान्य बढेको छ। महासंघका अनुसार आज चाँदी प्रतितोला ५ रुपैयाँले बढेर तोलाको १९४५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
