Skin_Hospital_Dhn

भीरबाट लडेर बाजुरामा एक जनाको मृत्यु

बाजुरा: भीरबाट लडेर बाजुरामा एक जनाको मृत्यु भएको छ। बुढीनन्दा नगरपालिका–१ का अन्दाजी ४० वर्षका नृपराज रेग्मीको भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

गाउँ नजिकै माछा मार्न गएका रेग्मीको बिहीबार बिहान भीरमा शव फेला परेको हो। घटनाको प्रकृति हेर्दा भीरबाट नै लडेर मृत्यु भएको देखिएपनि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी देवबहादुर चौधरीले जानकारी दिए।

सम्बन्धित
Loading...