
काठमाडौँ: बेलुन पड्किएर घाइते भएका पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य डिस्चार्ज भएका छन्। १२ दिनदेखि काठमाडौँको कीर्तिपुर अस्पतालमा उपचाररत आचार्य बिहीबार बिहान डिस्चार्ज भएका हुन्।

फागुन ३ गते पोखरामा ‘पोखरा भ्रमण वर्ष २०२५’ को औपचारिक घोषणा समारोहका क्रममा उडाउन थालिएको बेलुन पट्किएको थियो। बेलुन पट्किँदा आचार्य र अर्थमन्त्री विष्णु पौडेल घाइते भएका थिए। घटनालगतै उनीहरूलाई कीर्तिपुर अस्पतालमा ल्याएर उपचार गरिएको थियो।

अर्थमन्त्री पौडेल घटना भएको दुई दिनपछि फागनु ५ गते नै डस्चार्ज भएका थिए। आचार्य भने १२ दिनपछि बिहीबार डिस्चार्ज भएका छन्। उनले तत्कालै काममा फर्किने पनि बताएका छन्। तर केही समय सावधानी अपनाउनुपर्ने चिकित्सकले सुझाव दिएको आचार्यको भनाइ छ।
