
धनगढी ।
कैलालीको सामुदायिक वनमा बाघ देखिन थालेपछि स्थानीय रातभर जाग्राम गरेर रात्री गस्ती गरिरहेका छन् । धनगढी उप—महानगरपालिका–३ बडहरामा लालझाडीसँगै जोडिएका सामुदायिक वनमा बाघ ओहोरदोहोर गरिरहेको थाहा पाएपछि स्थानिय तथा सुरक्षाकर्मिहरु
बाघलाई पस्न नदिने सुरक्षाका उपायहरु प्रयोग गदैए आएका छन् ।

बाघको आतंकले स्थानीहरु त्रसित समेत बनेका कुण्डा सवडिभिजन वन कार्यालय पचकडिया, कञ्चनपुरका प्रमुख सहायक वन अधिकृत दिनेश कुमार यादावले जानकारी दिए । तीन दिनदेखि आदर्श सामुदायिक वन, ज्ञान ज्योति, प्रगति र मोहना वन बाटिका सामुदायिक वनमा बाघले आवातजावत गरिरहेको स्थानीयले बताएका छन् । धनगढी उपमहानगरपालिका–३ का वडाध्यक्ष राजबहादुर ऐरले एउटा बाघ आफ्ना दुई डमरुसहित बडहरा बस्तीसँगै जोडिएको सामुदायिक वनमा रहेको बताए । तीन दिनदेखि सोही क्षेत्रमा बाघले आवातजावत गरिरहेको उनको भनाइ छ । सामुदायिक वनमा दैनिक बाघ देखिन थालेपछि स्थानीय बासिन्दा त्रसित भएको उनले बताए ।

हिजो (शुक्रबार) धनगढीसँगै जोडिएको कञ्चनपुर पुनर्वास नगरपालिकाकी एक महिला बाघको आक्रमणबाट मारिएपछि स्थानीय थप त्रसित भएका हुन्। शुक्रबार नेपाल–भारत सीमामा पर्ने भारतको दुधुवा नेसनल पार्कमा बाघको आक्रमणबाट पुनर्वासकी ३२ वर्षीया कलसा सार्कीको मृत्यु भएको थियो ।
स्थानीयका अनुशार बुधबार राति धनगढी–३ लालझाडी क्षेत्रको मोहना नदी किनार, भन्सार, मसान टोल क्षेत्रमा बाघ कराउँदै थियो । बाघ कराएको थाहा पाएपछि स्थानीयले सुरक्षाकर्मीलाई खबर गरेको र असुरक्षित महसुस गर्दै आगो बालेर धपाएका थिए । धनगढी–३ का वडाध्यक्ष ऐरले दैनिकजसो बाघ देखिएकाले नदी किनार तथा वन जङ्गल जाँदा सुरक्षित रहन अनुरोध गरेका छन् ।
