
धनगढी: कैलालीको अत्तिरियाबाट लागुऔषधसहित दुई युवक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा बैतडीको पुर्चौडी नगरपालिका–१० घर भई हाल गोदावरी नगरपालिका–१ बस्ने २८ वर्षीय विशाल महरा र गोदावरी नगरपालिका–२ का १८ वर्षीय किसन भट्ट छन्।

बिहीबार दिउँसो अत्तरियामा धनगढी रोडमा हिँडिरहेका उनीहरूलाई शंका लागेर चेकजाँच गर्दा उनीहरुको साथबाट ७१० मिलिग्राम खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारेको ईलाका प्रहरी कार्यालय मालखेतीले जनाएको छ।
लागुऔषधसहित पक्राउ परेका उनीहरूलाई थप अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय मालाखेतीमा राखिएको बताइन्छ।
