Skin_Hospital_Dhn

प्रधानमन्त्री ओलीले दिए ल्होसारको शुभकामना

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले ग्याल्पो ल्होसारको शुभकामना व्यक्त गरेका छन्। सामाजिक सञ्जालमार्फत उनले यो पर्व मनाउने सबैमा शुभकामना व्यक्त गरेका हुन्।

‘आज ग्याल्पो ल्होछार, नेपालको उच्च पहाडी क्षेत्रमा बसोबास गर्ने शेर्पा समुदायको मुख्य पर्व, तिब्बत, सिक्किम र भुटानमा बसोबास गर्ने भोटे समुदाय समेतले ग्याल्पो ल्होछार मनाउँछन्’,उनले लेखेका छन्, ‘ग्याल्पो ल्होछारको अवसरमा सबैलाई शुभकामना! सबैको जय होस्।’

सम्बन्धित
Loading...