
काठमाडौं: काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन गर्दै फेरि एक स्टाटस लेखेको छन्।

शुक्रबार साँझ बालेनले सामाजिक सञ्जाल फेसबुकमा प्रधानमन्त्रीलाई सम्बोधन गर्दै भोको पेट मारेर आफूलाई हराउन खोजेको बताएका छन्। उनले आफूहरु मदन भण्डारीको सपना पुरा गर्न लागेको उल्लेख गर्दै आफूलाई हराउने ताकमा देशलाई नडुबाउन सुझाव दिएका छन्।

उनले लेखेको छन्, ‘प्रधानमन्त्रीज्यू, भोको पेट मारेर मलाई हराउन खोज्नु भाकोछ, हामी त तपाईंकै मदन भण्डारीको सपना पुरा गर्न हिडेको मन्छे ! मलाई हराउने ताकमा, देशलाई चै नडुबाउनु होला !!’
पछिल्लो केही महिनादेखि काठमाडौं महानगरमा प्रमुख प्रशासकीय अधिकृत छैनन्। जसका कारण कर्मचारीको तलबसमेत रोकिएको छ।
