
धनगढीः कैलालीमा लागूऔषधसहित एक युवक पक्राउ परेका छन्।

बर्दगोरीया गाउँपालिका–१ बौनिया बजारबाट ८ ग्राम २७० मिलिग्राम अवैध लागूऔषधसहित सोही ठाउँ बस्ने २० वर्षीय राजन बम पक्राउ परेका हुन्।

उनलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले शुक्रवार पक्राउ गरेको हो। सो सम्बन्धी थप अनुसन्धान भइरहेको जनाइएको छ।
