Skin_Hospital_Dhn

कैलालीमा असिनापानीले कृषिबालीमा नोक्सान

धनगढीः कैलालीमा शनिवार (आज) बिहान परेको असिनापानीले कृषिबालीमा नोक्सान गरेको छ।

वर्षासँगै परेको असिनाले मसुरो, गहुँलगायतका कृषिबालीमा नोक्सान गरेको हो। जिल्लाको मध्य र पूर्वी क्षेत्रमा असिना पानी परेको किसानले जनाएका छन्।

असिनाले गहुँ र मसुरोलाई क्षति गरेको कैलारी गाउँपालिका–७ का कृषक फूलराज चौधरीले बताए। उनका अनुसार खेतमा अहिले मसुरो पाक्न थालेको छ। यसैगरी, गहुँ पनि पाक्ने तयारीमा रहेको छ।

जिल्लाको कैलारी गाउँपालिका, भजनी नगरपालिका, टीकापुर नगरपालिका, बर्दगोरिया गाउँपालिकालगायतको क्षेत्रमा असिना परेको जनाइएको छ।

टीकापुर क्षेत्रमा करिब पाँच मिनेटसम्म असिना परेको टीकापुर नगरपालिका–७ का भोजराज ढुङ्गानाले जानकारी दिए। उनले यो बेला गहुँ पसाउने क्रममा रहेकाले असिनाले फूल झारेका कारण उत्पादन घट्न सक्ने बताए।

‘त्यति धेरै क्षति त भएको छैन’, उनले भने, ‘तर, असिनाले फूल झारेका कारण उत्पादन घट्न सक्छ।’

सम्बन्धित
Loading...