Skin_Hospital_Dhn

वडाध्यक्ष मुखियाको निधन

रौतहट: रौतहटको माधवनारायण नगरपालिका–४ का वडाध्यक्ष रामदेनी मुखियाको निधन भएको छ ।

फोक्सोको क्यान्सरबाट पीडित ६० वर्षीय उनको आज बिहान आफ्नै निवासमा निधन भएको माधवनारायण नगरपालिकाका प्रमुख बैजनाथ यादवले जानकारी दिए ।

२०७९ सालमा भएको स्थानीय तहको निर्वाचनमा उनी नेकपा माओवादीका तर्फबाट निर्वाचित भएका थिए । उनी लगातार दोस्रो कार्यकालको लागि वडा अध्यक्षमा निर्वाचित भएका थिए।

यसअघि रौतहटको गढीमाई, राजापुर, र ईशनाथ नगरपालिकाका गरी ३ जना वडा अध्यक्षको निधन भएको थियो ।

लामो समय रिक्त रहेका उक्त तीनवटै वडामा केही समय अघि उपचुनाव सम्पन्न भएको थियो ।

सम्बन्धित
Loading...