

दार्चुला: पहिरोले अवरुद्ध दार्चुला–गोकुलेश्वर सडकखण्ड सञ्चालनमा आएको छ। पहिरोले शुक्रबार बिहानैदेखि अवरुद्ध सडकमा पहिरो पन्छाएपछि शनिबार बिहानबाट सञ्चालनमा आएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
महाकाली नगरपालिका–५ किम्तडीस्थित ठण्याकाठा भीरमा लेदोसहितको पहिरो खस्दा सडक एक महिनापछि पुनः अवरुद्ध हुन पुगेको थियो। सडक अवरुद्धका कारण रोकिएका यात्रु तथा सवारीसाधन बिहानैबाट गन्तव्यतर्फ लागेका छन्। एक महिना अगाडि उक्त क्षेत्रमा सडक चौडा पार्ने क्रममा सुक्खा पहिरोले एक सातासम्म सडक पूर्ण रुपमा अवरुद्ध भएको थियो।
