
डोटी: डोटीमा १५औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ।
जिल्लाको बडिकेदार गाउँपालिका–१ विपिनगरस्थित केदार सूर्य बहुमुखी क्याम्पसको प्राङ्गणमा जिल्ला खेलकुद समिति डोटीको आयोजनामा उक्त प्रतियोगिता शनिवारदेखि सुरु भएको हो। प्रतियोगिताको प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले उद्घाटन गरे।


कार्यक्रममा विशिष्ट अतिथि प्रदेशसभा सदस्य चक्रबहादुर मल्ल, जिल्ला समन्वय समिति डोटीका प्रमुख लक्ष्मणबहादुर सिंह थिए भने बडिकेदार गाउँपालिका अध्यक्ष भैरव साउँद तथा स्थानीय जनप्रतिनिधि, शिक्षक, विद्यार्थी खेलाडीलगायतको सहभागिता रहेको थियो।
प्रतियोगिता फागुन १९ गतेसम्म सञ्चालन हुनेछ।
