Skin_Hospital_Dhn

बैतडीमा गोली प्रहारबाट युवकको मृत्यु

बैतडी: बैतडीको दोगडाकेदार गाउँपालिका–८ मा लेनदेन विवादका क्रममा भएको गोली प्रहारबाट गम्भीर घाइते भएका युवकको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार सोही गाउँका ४५ वर्षीय कर्ण विष्टले गोली प्रहार गर्दा गम्भीर घाइते भएका २२ वर्षीय सुरेन्द्र विष्टको मृत्यु भएको हो।

प्रहरीका अनुसार कर्णले गाउँकै भाइ नाता पर्ने सुरेन्द्रलाई लेनदेन सम्बन्धी विवादका क्रममा गोली प्रहार गरेका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।

सम्बन्धित
Loading...