Skin_Hospital_Dhn

नेपाल रेडक्रस सोसाइटी कैलालीको सभापतिमा जोशी

धनगढी: नेपाल रेडक्रस सोसाइटी कैलाली शाखाको सभापतिमा लोकराज जोशी निर्वाचित भएका छन् ।

सोसाइटीको ४९औं साधारण सभाले जोशीलाई सभापतिमा निर्विरोध निर्वाचित गरेको हो । जोशी यसअघि सोसाइटीको मन्त्री थिए ।

महिला उपाध्यक्षमा दीपा बडायक, मन्त्रीमा राकेश हमाल, कोषाध्यक्षमा गोविन्दप्रसाद जोशी, उपमन्त्रीमा भीमबहादुर महर र उपकोषाध्यक्षमा रंगप्रसाद तिमिल्सिनिना निर्वाचित भएको निर्वाचन अधिकृत खडकबहादुर खड्काले बताए ।

त्यस्तै रेडक्रसको उपसभापति र १० खुल्ला सदस्यका लागि भने निर्वाचन भएको निर्वाचन अधिकृत खड्काले बताए । उपसभापतिमा बलबहादुर रावल निर्वाचित भएका छन्। रावलले जगदिश्वर पण्डितलाई पराजित गरेका छन्।

यसैगरी सदस्यहरुमा छत्रबहादुर बम, धौलीकुमारी जोशी, मिनाकुमारी साउद, टोपबहादुर केसी, मीनाकुमारी चौधरी, धर्मराज जोशी, पुष्करबहादुर मल्ल, तारा साउद, दिनेशकुमार लामिछने र सुरतबहादुर स्वार निर्वाचित भएको निर्वाचन अधिकृत खड्काले बताए।

यसअघि निवर्तमान सभापति बासुदेव बिनाडीको सभापतित्वमा भएको संघको साधारण सभाको सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री मेघराज खड्काले उद्घाटन गरेका थिए।

सम्बन्धित
Loading...