
धनगढीः डडेल्धुरामा १६ वर्षीया बालिकालाई करणी गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन्।

जिल्लाको आलिताल गाउँपालिका–७ बस्ने ५८ वर्षीय भोजबहादुर बोहरालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

बोहराले ती बालिकालाई गत असारमा करणी गरेको भए पनि पीडित बालिकाका दाइले फागुन १७ गते मात्रै करणी सम्बन्धि उजुुरि दिएको प्रहरीले जनाएको छ।
बोहरालाई जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको पक्राउ गरेको बताइन्छ।
