
दार्चुला: प्रभु बैंकले दार्चुला शाखा विस्तार गरेको छ।
महाकाली नगरपालिका-४ स्थित खलंगामा कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीले आइतबार बैंकको ३१२औँ शाखा उद्घाटन गरे।

शाखा कार्यालयको उद्घाटनको अवसरमा बैंकका सुदूरपश्चिम प्रदेश कार्यालयका प्रमुख व्यापारिक केन्द्र अधिकृतलगायत सहभागी थिए।
खलंगा शाखामार्फत् स्थानीय बासिन्दा, व्यावसायिक फर्म, कम्पनी तथा संघ संस्थाले गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित बैंकको विश्वास छ।
यो शाखा सञ्चालनमा आएसँगै प्रभु बैंक लिमिटेडको सेवा अब देशका ७७ वटै जिल्लामा विस्तार भएको बताइएको छ ।
