
धनगढीः कैलालीमा स्कुटर दुर्घटना हुँदा प्रहरी नायब निरीक्षक (सई) योगेन्द्रबहादुर बोहराको मृत्यु भएको छ। सोमबार दिउँसो धनगढी–अत्तरिया ६ लेन सडक अन्तर्गत गोदावरी नगरपालिका–२ विद्युत् कार्यालय नजिक अनियन्त्रित भएर स्कुटर दुर्घटना हुँदा ३४ वर्षीय बोहराको मृत्यु भएको हो।

सुपप्र ०१–००९ प ३४२९ नम्बरको स्कुटर दुर्घटना हुँदा घाइते भएका बोहराको उपचारको क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।

बझाङको मष्टा गाउँपालिका–७ घर भएका बोहरा सुदूरपश्चिम प्रदेश सभाका सभामुख भीमबहादुर भण्डारीको निजी सुरक्षा गार्ड (पिएसओ) को रूपमा खट्दै आएका थिए।
