Skin_Hospital_Dhn

कञ्चनपुरमा खैरो हेरोइनसहित दुई युवक पक्राउ

कञ्चनपुरः कञ्चनपुरमा खैरो हेरोइनसहित दुई युवक पक्राउ परेका छन्।

जिल्लाको पुनर्वास नगरपालिका–१० बिकाशबस्तीको नेपाल भारत सिमानाकाबाट म २ प ८३० नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा १३ ग्राम ८९० मिलिग्राम लागूऔषध (खैरो हेरोइन) फेला पारी मोटरसाइकल चालक कृष्णपुर नगरपालिका–७ बस्ने २२ वर्षीय सुरज राना र मोटरसाइकल पछाडी सवार कृष्णपुर नगरपालिका–८ बस्ने २२ वर्षीय महेश राना पक्राउ परेका हुन्।

दुवै जनालाई खैरो हेरोइनसहित र मोटरसाइकलसहित इलाका प्रहरी कार्यालय त्रिभुववनबस्ती, प्रहरी चौकी परासन, कञ्चनपुर र सशस्त्र प्रहरी बल बिओपी दोदा पोष्टबाट संयुक्त रुपमा खटिएको गस्ति टोलीले नियन्त्रणमा लिएको जनाइएको छ।

सम्बन्धित
Loading...