Skin_Hospital_Dhn

नेपाली काँग्रेस अछामको सूचना संयोजकमा शाह मनोनीत

अछाम: नेपाली काँग्रेस अछाम जिल्ला कार्यसमितिका आमन्त्रित सदस्य पृथ्वीबहादुर शाह अछामका लागि जिल्ला सूचना संयोजकमा मनोनीत भएका छन्।

नेपाली काँग्रेसका नेता मीनबहादुर विश्वकर्मा प्रमुख रहेको केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागले बान्निगढी जयगढ गाउँपालिका–६ दर्ना निवासी नेता शाहलाई जिल्ला संयोजकको जिम्मेवारी दिएको हो।

शाहले नेपाली काँग्रेससँग सम्बन्धित समसामयिक गतिविधि एवं विविध विषयमा हुने जिल्लास्तरीय कार्यक्रम सम्बन्धी सूचना छिटोछरितो एवं विश्वसनीय ढंगले उक्त विभागलाई उपलब्ध गराउनुपर्नेछ।

सम्बन्धित
Loading...