Skin_Hospital_Dhn

औसधि व्यवस्था बिभागको नेतृत्वमा कैलालीमा संचालनमा रहेका २ वटा फर्मेसी सिल

धनगढी ।
औषधि व्यवस्था विभागको नेतृत्वमा गोदावरी नगरपालिकाका दुई वटा फार्मेसी सिल गरेको छ । सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश तथा औषधि व्यवस्था विभागको नेतृत्वमा कैलालीको गोदावरी नगरपालिकामा सञ्चालनमा रहेका दुई वटा फार्मेसी सिल गरेको हो ।

जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीका अनुसार अत्तरियामा सञ्चालनमा रहेका दुई वटा फार्मेसी सिल गरिएको छ ।

टोलीले कैलालीका आठ वटा फार्मेसी तथा अस्पतालमा अनुगमन गरेको थियो । अनुगमनका क्रममा फार्मेसी दर्ता नभएको, नविकरण नभएको, सञ्चालक अनुपस्थित रहेको, लागूऔषध तथा मानसिक रोगसम्बन्धिका औषधिहरुको अभिलेखिकरण नगरेका लगायतका कमजोरी अनुगमनका क्रममा फेला परेको उनले बताए ।

सामाजिक विकास मन्त्रालयका योजना तथा जनस्वास्थ्य महाशाखा प्रमुख हेमराज खड्काले कैलालीका फार्मेसी तथा क्लिनिकहरुबारे मन्त्रालयमा गुनासो बढ्न थालेपछि बजार अनुगमन गरिएको बताए । उनले भने –‘बजार अनुगमन भएमा फार्मेसी, क्लिनिक तथा अस्पतालमा भईरहेका कमीकमजोरीहरु सुधार हुदै जान्छ । अब यसलाई नियमित दिइने छ ।’

सम्बन्धित
Loading...