
कञ्चनपुरः कञ्चनपुरबाट दुईजना फरार प्रतिवादी पक्राउ परेका छन्।

जिल्ला अदालत कञ्चनपुरको मिति २०८१ भदौ १७ गतेको फैसलाले ज्यानसम्बन्धी मुद्दामा ६ महिना कैद सजाय र १५ हजार जरिवाना तोकिएको कृष्णपुर नगरापलिका–६ बस्ने भानु डगौरा पक्राउ परेका छन्।

यसैगरी मानब बेचबिखन मुद्दामा जिल्ला अदालत कञ्चनपुरको मिति २०८१ साउन २४ गतेको फैसलाले १० वर्ष कैद सजाय र १ लाख जरिवाना तोकिएको कृष्णपुर नगरापलिका–१ बस्ने किशोर रावल पक्राउ परेका छन्।
दुवै जनालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले मंगलवार पक्राउ गरेको जनाइएको छ।
