Skin_Hospital_Dhn

परशुरामधाममा भोलिदेखि साहित्य महोत्सव, गृहमन्त्री लेखकले उद्घाटन गर्ने

डडेल्धुरा: डडेल्धुराको परशुरामधाममा भोलि (बिहीवार) देखि साहित्य महोत्सव आयोजना हुने भएको छ। परशुराम नगरपालिकाले बिहीबार र शुक्रबार दुई दिन परशुरामधाममा साहित्य महोत्सवको दोस्रो संस्करण आयोजना गर्न लगोको हो।

कला, संस्कृति, खेलकुद र साहित्यको संगम बन्ने यो महोत्सवको गृहमन्त्री रमेश लेखकले उद्घाटन गर्ने जनाइएको छ। महोत्सवले स्थानीय कला, संस्कृति र साहित्यलाई प्रवर्द्धन गर्ने उद्देश्य राखेको नगरपालिकाका मेयर भरत बडायर जोशीले बताए।

उनले परशुराम धामको ऐतिहासिक र सांस्कृतिक महत्वलाई उजागर गर्न र यसलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन महोत्सव महत्वपूर्ण हुने विश्वास व्यक्त गरे।

आयोजकका अनुसार महोत्सवको सञ्चालन चर्चित टिभी प्रस्तोता समा थापाले गर्नेछिन्। महोत्सवमा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहनेछ।

सम्बन्धित
Loading...