
काठमाडौं: च्याम्पियन्स ट्रफिीको उपाधिका लागि न्युजिल्यान्ड र भारत भिड्ने भएका छन्। न्युजिल्यान्डले दोस्रो सेमिफाइनलमा दक्षिण अफ्रिकालाई ५० रनले पराजित गर्दै फाइनलमा पुगेसँगै भारत र न्युजिल्यान्डले उपाधिका लागि प्रतिस्पर्धा गर्ने पक्का भएको हो।
दोस्रो सेमिफाइनल खेलमा न्युजिल्यान्डले दक्षिण अफ्रिकालाई च्याम्पियन्स ट्रफी इतिहासकै उच्च अर्थाथ ३ सय ६३ रनको लक्ष्य प्रस्तुत गरेको थियो। जवाफमा दक्षिण अफ्रिका निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर ३ सय १२ रनमा समेटिँदा न्युजिल्यान्डले फराकिलो जित निकाल्यो।

दक्षिण अफ्रिकाका लागि डेभिड मिलरले १०० रनको नटआउट शतकीय इनिङ खेल्दा कप्तान टेम्बा बभुमाले ५६ रन बनाए। त्यस्तै रसिन भान डेर डुसेनले ६९ रनको अर्धशतकीय इनिङ खेलेपनि टिमको हार टार्न पर्याप्त भएन्। थप दोहोरो स्कोरुमा रुपमा एडन मारक्रमले ३१ रन र रियना रिकेल्टनले १७ रन बनाएका थिए। त्यस्तै कागिसो रबडाले १६ रन बनाए। न्युजिल्यान्डका लागि मिचेल स्यान्टनरले ३ विकेट लिँदा म्याट हेनरी र ग्लेन फ्लिप्सले समान २-२ विकेट लिएका थिए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले ३ सय ६२ रनको उच्च लक्ष्य बनाएको थियो। जुन च्याम्पियनसिप ट्रफी इतिहासकै उच्च स्कोर हो। यसअघि यहि प्रतियोगिताको समूहचरणमा इंग्ल्यान्डले अस्ट्रेलियालाई दिएको ३ सय ५१ रनको लक्ष्य च्याम्पियन्स ट्रफी इतिहासको उच्च लक्ष्यका रुपमा रहेको थियो। जसलाई अस्ट्रेलियाले सफलता पूर्वक चेज गर्दै कीर्तिमानी जित निकालेको थियो।
दोस्रो सेमिफाइनल खेलमा टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३ सय ६२ रन बनाएको थियो। न्युजिल्यान्डको उच्च स्कोरमा ओपनर रचिन रविन्द्रले १ सय ८ रनको शतकीय इनिङ खेल्दा उनलाई केन विलियमसनले १ सय २ रनको अर्को शतकीय इनिङ खेल्दै साथ दिएका थिए।
यी दुईको उच्च शतकीय साझेदारीमा न्युजिल्यान्डले विशाल स्कोर बनायो। रचिन र केनले दोस्रो विकेटका लागि १ सय ६४ रनको साझेदारी गरेका थिए। न्युजिल्यान्डका लागि ड्यारील मिचेलले ४९ रनको अर्को शानदार इनिङ खेल्दा ग्लेन फ्लिपसलेपनि ४९ रनको अविजित इनिङ खेलेर टिमको उच्च स्कोरमा साथ दिए।
दक्षिण अफ्रिकाका लागि लुंगी गिडीले ३ विकेट लिँदा कागिसो रबडाले २ विकेट लिएका थिए। त्यस्तै वियन मुल्डरले १ विकेट लिए। प्रतियोगिताको फाइनल दुबईमा आइतबार हुनेछ।
