धनगढी: कैलालीमा भैँसी चराउन जंगल गएका एक जना मृत फेला परेका छन्।
घोडाघोडी नगरपालिका–४ स्थित ट्याङना नदीमा अन्दाजी ६५ वर्षीय बुधराम चौधरी मङ्गलवार मृत फेला परेका हुन्। भैँसी चराउन जंगलतिर गएका चौधरी ढुङ्गाबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।